Techie IT

सहकारी ठगी प्रकरणमा मुछिएका मेयर नेपालीलाई कास्की ल्याइयो

नेपालीका विरुद्ध ५२४ जना बचतकर्ताले उजुरी दिएका छन् ।


इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगी गरेको आरोपमा पक्राउ परेका आरोपीलाई थप अनुसन्धानका लागि आज पोखरा ल्याइएको छ।

नेपालीका विरुद्ध ५२४ जना बचतकर्ताले उजुरी दिएका छन् । उनलाई सहकारीमार्फत ठगी र आर्थिक अनियमितताको गम्भीर आरोप लगाइएको छ। पोखरामा पीडित बचतकर्ताले आरोपीविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले यस मामिलामा गहिरो अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट