स्वास्थ्य बिमालाई व्यवस्थित गराइने : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीपपौडेलले स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थितर प्रभावकारी बनाउन सरकार जुटिरहेको जानकारी दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीपपौडेलले स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थितर प्रभावकारी बनाउन सरकार जुटिरहेको जानकारी दिएका छन्।
पोखरा महानगरपालिका–१७, सीता पाइलास्थितपोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दैमन्त्री पौडेलले स्वास्थ्य बिमाका लागि आवश्यक स्रोतसुनिश्चित गर्ने र यसलाई व्यवस्थापनगर्ने सरकारको योजना रहेको बताए।
स्वास्थ्य बिमाबाट प्राप्त हुने सेवालाई गुणस्तरीयर सहज बनाउनुपर्ने कुरामाजोड दिँदै उनले, "स्रोतको सुनिश्चितता गर्न आम्दानीको आधारमाविमा कोषमा योगदान जस्ता कदम उठाउनुपर्ने छ," भने। स्वास्थ्य बिमाको रकम पाँच लाखसम्मपुर्याउनुपर्ने कुरा आफूले प्रस्तावगरेको मन्त्री पौडेलले थपे।
मन्त्री पौडेलले देशको बजेटको मात्र चार प्रतिशत स्वास्थ्यक्षेत्रमा खर्च हुने बताएर राज्यले स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिनु आवश्यक रहेकोविचार व्यक्त गर्दै उक्त रकम १०प्रतिशतको आसपास पुर्याउनु पर्ने बताए। उनले भने, "हामीआम जनताले प्राप्त गरेका स्वास्थ्य सुविधाहरू कटौती गर्ने पक्षमा छैनौं, बरु ती सुविधाहरूलाईसुरक्षित र प्रभावकारी बनाउनेतर्फलागेका छौं।"
सरकारले १४ वर्ष मुनिकाबालबालिकाको क्यान्सर र जलन रोगकोनिःशुल्क उपचारलाई अघि सारेको उल्लेखगर्दै मन्त्री पौडेलले आम नागरिकको स्वास्थ्यउपचार सेवामा सुधार ल्याउन सरकार निरन्तर लागिरहेको बताए।
पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएकोछ, जसमा आवश्यक स्वास्थ्यउपकरण र औषधिहरू उपलब्धगराउन सरकार सहकार्य गर्ने विश्वास मन्त्री पौडेलले व्यक्त गरे।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रमको सञ्चालनका बारेमा जानकारी दिँदै भने, "वृद्धाश्रम सञ्चालन भएयता निरन्तर असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिँदैआएको छ।"
ज्येष्ठ नागरिकहरूको विस्मृतिजन्य रोगको उपचारका लागि जेरियाट्रिक स्वास्थ्यकक्ष स्थापना गरिएको जानकारी उनले दिए। वृद्धाश्रमकाउपाध्यक्ष र ज्येष्ठ नागरिकमहासंघका केन्द्रीय सदस्य केशव लम्सालले २०५३सालमा स्याउलामा तीन जना ज्येष्ठनागरिक राखेर सुरु भएको वृद्धाश्रमहाल सुविधासम्पन्न भवनमा सञ्चालन भइरहेको बताए।
उनले भने, "वृद्धाश्रममा अहिले ५३ जना असहायज्येष्ठ नागरिक आश्रय लिइरहेका छन्। यहाँ दुईजना स्वास्थ्यकर्मी, नौ विस्तारा, थेरापीमेसिन र औषधिहरू उपलब्धछन्।"
कार्यक्रममा वृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोग पुर्याउने र ज्येष्ठ नागरिकहरूकोकल्याणमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। सम्मानित हुनेमा सीता बास्तोला रनरबहादुर गुरुङ लगायत रहेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस