Techie IT

काठमाडौं महानगरपालिकाले छात्रावास अभिलेखीकरण प्रक्रिया सुरु गर्यो

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै छात्रावास (होस्टेल)को अभिलेखीकरण प्रक्रियासुरु गरेको छ।


काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै छात्रावास (होस्टेल)को अभिलेखीकरण प्रक्रियासुरु गरेको छ। शिक्षा विभागकाअनुसार, यस अभिलेखीकरणको उद्देश्यछात्रावासलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र मर्यादित बनाउनुहो।

विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार, नयाँ २०८० सालकामापदण्डअनुसार छात्रावास सञ्चालन गर्न महानगरसँग स्वीकृतिलिनु अनिवार्य छ। सोही मापदण्डअनुसार अनुगमन समितिले छात्रावासहरूको अनुगमन गरी नियमअनुसार सञ्चालनभइरहेको छ कि छैनभन्ने अध्ययन गर्ने बताइएको छ।

अभिलेखीकरणका लागि, हाल सञ्चालनमा रहेकाछात्रावासहरूले वडामा व्यवसाय दर्ता गरी वा तत्कालीनजिल्ला शिक्षा कार्यालयबाट अनुमति लिइ विवरण पेशगर्नुपर्नेछ। यदि कुनै छात्रावासबिना अनुमति सञ्चालन भएको पाइए भने, कानुनी कारबाही गरिने विभागले जनाएको छ।

नियम अनुसार छात्रावासहरूको नाम नेपालीपन झल्काउने, सञ्चालनको जिम्मेवारी लिनेलाई स्पष्ट रूपले उल्लेख गर्ने, भौतिक संरचनाको स्थिति, भान्साको व्यवस्था, खेलकुद मैदान, खानेपानी र शौचालय जस्तासुविधाहरूको विवरण पनि पेश गर्नुपर्नेछ।

शैक्षिक सुधारका लागि कार्यवाही जारी

काठमाडौं महानगरपालिकाले शैक्षिक नतिजा सुधारका लागि विभिन्न गतिविधिगर्दै आएको छ। हालैसम्पन्न बडादशैँ, तिहार र छठको बिदामापनि, महानगरले ११ वटा स्रोतकेन्द्र र ५ सामुदायिकविद्यालयमा शैक्षिक मेलाहरू आयोजना गरेको थियो।

मेलामा एक सय ५०भन्दा बढी एसईई परीक्षाकाविद्यार्थीहरूले भाग लिएका थिए।महानगरको "गरिखाने शिक्षा, महानगरको इच्छा" कार्यक्रम अन्तर्गत, विद्यार्थीलार्ई प्रयोगात्मक र रचनात्मक सिकाइकामाध्यमबाट शैक्षिक अभिरुचि प्रोत्साहित गरिने उद्देश्य लिइएको छ।

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट