विविध कार्यक्रमको आयोजना गर्दै बिर्सति मेलाको तयारी
बझाङ जिल्ला दुर्गाथली गाउँपालिका र छबिसपाथिभरा गाउँपालिका स्थित बिसैनामा मिति २०८१ साल भाद्र १९ गते देखि शुरु हुने सुदुरपश्चिमकै ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको "बिर्सति मेला २०८१" मा विविध कार्यक्रम आयोजना गरेको छ ।
महिला भलिबल, पुरुष भलिबल प्रतियोगिता र देउडा प्रतियोगिताको कार्यक्रम आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको विर्सति मेला सुदुरपश्चिमकै प्रमुख मेलामा देश बझाङ्गका स्थानीयहरु मेलामा उपस्थित हुन देश विदेश बाट घर आउने परम्परा छ ।
विशेष त भदौ १९ गते देखि ने भक्तजनहरूको दुर्गा देविको मन्दिरमा भिड लाग्ने गर्दछ । भक्तजनहरू २-३ दिन भोके बसि दुर्गा देविको पुजा गरिरहेका हुन्छन् । बझाङमा आयोजना हुने भलिबल प्रतियोगिताको पुरस्कारमा अहिले सम्मकै ठुलो धनराशी राखेको विर्सति मेलाको भलिबल प्रतियोगितामा धेरै टिमहरू उपस्थित हुने अनुमान गरिएको छ । विर्सति मेला भदौ १९ गते देखि भदौ २५ गते सम्म विभिन्न खेलहरुका साथ भब्य रुमले मनाउने गर्दछन् । विभिन्न कार्यक्रमका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति तोकिएको छ । बिर्सति मेला शान्त र भब्य तरिकाले मनाउने र यसको महत्व थप्न विविध कार्यक्रम आयोजना गर्न दुर्गाथली गाउँपालिकाले पुरा सहयोग गरेको दुर्गाथली गाउँपालिका वडा नं ७ का अध्यक्ष सुरज दौल्यालले वताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस