Techie IT
२०८२ वैशाख ८, सोमबार

बेनीमा प्रविधिमैत्री शिक्षा


म्याग्दी जिल्लाको सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयले आधुनिक प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाइमा नयाँ अध्याय थपेको छ। विद्यालयले हालै कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा 'स्मार्ट बोर्ड' प्रयोग गर्न थालेको छ।

विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालका अनुसार दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणहरू खरिद गरिएको छ। यसमध्ये एउटा स्मार्ट बोर्ड गत वर्ष बेनी नगरपालिकाबाट प्राप्त पुरस्कार रकम रू. ३ लाखमध्येबाट रू. २ लाख १८ हजारमा खरिद गरिएको हो।

अर्को स्मार्ट बोर्ड विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले व्यक्तिगत रूपमा रू. १ लाख ६० हजार खर्च गरेर उपलब्ध गराएका हुन्।

यी स्मार्ट बोर्डहरूको प्रयोगले विज्ञान विषयको पठनपाठनमा नवीनता ल्याउनुका साथै विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यो पहलले म्याग्दीको शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै लैजाने संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट