Techie IT

किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभी खोप अभियान शुरु हुँदै


सरकारले विद्यालय र विद्यालयबाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन गर्ने भएको छ। 

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यो अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थी र १० देखि १४ वर्ष उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीलाई खोप प्रदान गरिनेछ।

यो खोप अभियान आगामी माघ महिनामा करिब १५ दिन सञ्चालन गरिनेछ। विद्यालयभित्रका किशोरीलाई विद्यालयमै खोप केन्द्रमा खोप लगाइनेछ भने विद्यालयबाहिरका किशोरीका लागि स्वास्थ्य संस्थामा खोप सेवा उपलब्ध गराइनेछ। यसअघि सरकारले सातवटा प्रदेशका संघीय अस्पतालहरूमा ९,९९९ किशोरीलाई खोप प्रदान गरेको थियो।

डा. गौतमका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरका कारण चार जनाको मृत्यु हुने गरेको छ। खोप ‘गाभी’ (भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स) को सहयोगमा उपलब्ध गराइनेछ। यस अभियानसँगै अर्को वर्षदेखि एचपिभीलाई नियमित खोप अभियानमा समावेश गरिनेछ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले कलिलो उमेरमा विवाह, लगातार धेरै बच्चा जन्माउने, र धूमपानको कारणले ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुने सम्भावना बढ्ने बताउँदै, एचपिभी खोपले ९९ प्रतिशत प्रभावकारी रूपमा रोगबाट बचाउने बताए।

यो खोप महिलामा बढी लाग्ने पाठेघरको मुख र स्तन क्यान्सर विरुद्ध सुरक्षा प्रदान गर्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट