Techie IT

बझाङमा एचआइभी सङ्क्रमितहरूको अवस्था चिन्ताजनक । यी पालिकामा बढी संक्रमित


बझाङ जिल्लामा एचआइभी सङ्क्रमित १६७ जनामध्ये ९५ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका तथ्य भेटिएको छ । यो तथ्याङ्कले जिल्लामा एचआइभी रोकथाम र उपचारको चासोमा कमी देखाएको छ। 

सोमबार आयोजित वार्षिक समीक्षा बैठकमा ग्लोबल फण्ड एचआइभी/टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले यो जानकारी दिएका हुन्।

सङ्क्रमितहरूको वितरण

बझाङका विभिन्न गाउँपालिकामा सङ्क्रमितहरूको वितरण यसप्रकार छ:

  • केदारस्यूँ गाउँपालिका: १९
  • थलारा गाउँपालिका: १८
  • छबिसपाथिभेरा नगरपालिका: १३
  • बुङ्गल नगरपालिका: ११
  • दुर्गाथली गाउँपालिका: ९
  • बित्थडचिर गाउँपालिका: ८
  • जयपृथ्वी नगरपालिका: ८
  • मष्टा गाउँपालिका: ३
  • खप्तडछान्ना: ३
  • तलकोट: २

पण्डितका अनुसार, एचआइभी सङ्क्रमित केही व्यक्तिहरू जिल्लाबाहिर गएर पनि औषधि सेवन गरिरहेका छन्, जसले यस समस्या अझ जटिल बनाउँछ।

चालु आ.वको चार महिनामा आठ नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन्। १५,९४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ नतिजा देखिएको छ। यसले सङ्क्रमितहरूको संख्या नियन्त्रणमा नआएको र नयाँ सङ्क्रमणका घटनाहरू थपिएको भेटिएको छ ।

परियोजना संयोजक लोकेन्द्र पन्तले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा समान अवसरमा सुधार ल्याउनका लागि काम गरिरहेको बताएका छन्। उनले भने, “हामी पछाडि परेका, पारिएका, भूमिहीन वर्ग, बालबालिका, दलित, र जनजाति महिलाहरूसँग काम गर्दैछौं।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट