बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुईको मृत्यु
कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिकामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–२ पुरेनामा, गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु१ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु६६प ४८७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएपछि दुर्घटना भएको हो।
दुर्घटनामा परेर बुद्धभूमि नगरपालिका–३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस