नेपालमा डेंगुका तीन प्रकारका भाइरसले चालेको संकट
नेपालमा डेंगुका तीन प्रकारका भाइरससक्रिय रहेको जानकारी प्राप्त भएको छ।
नेपालमा डेंगुका तीन प्रकारका भाइरससक्रिय रहेको जानकारी प्राप्त भएको छ। इपिडिमियोलोजीतथा सरुवा रोग नियन्त्रण महाशाखाकाकिटजन्य रोग शाखाका प्रमुखडा. गोकर्णप्रसाद दाहालका अनुसार, हाल सक्रिय रहेकाभाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, र सेरोटाइप–३ हुन्। विगतसात वर्षअघि चारवटा स्वरूप सक्रिय थिए।
डा. दाहालका अनुसार, कात्तिकसम्म लामखुट्टे सक्रिय हुने हुँदा जोखिमकोअवस्था रहेको छ। कात्तिकपछि जाडोबढ्ने र त्यसपछि डेंगुफैलाउने लामखुट्टे हराउने उनले बताए।
हालसम्म हुम्ला बाहेक सबै जिल्लामा डेंगुकासङ्क्रमणका घटनाहरू देखिएका छन्। देशभर २७,१५३ जनामा डेंगुसङ्क्रमण पुष्टि भएको छ, जसकाकारण ११ जनाको मृत्युभइसकेको छ। कास्की जिल्लामासर्वाधिक ७,०८० व्यक्तिमाडेंगु सङ्क्रमण देखिएको छ।
उपत्यकामा मात्र ५,७४८ जनामाडेंगु सङ्क्रमण रिपोर्ट गरिएको छ, जसमा काठमाडौँमा४,०६०, भक्तपुरमा ६२८, र ललितपुरमा १,०६० सङ्क्रमितछन्। वर्षासँगै पानीका संकलन गरिएको स्थानमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टे फुल पार्ने रलार्भा निस्कने कारण डेंगुको सङ्क्रमणमावृद्धि भएको हो।
डेंगु सङ्क्रमणको चासो बढेपछि, सरकारलेप्रत्येक शुक्रबार सरकारी र गैरसरकारी कार्यालयमातथा अस्पताल परिसरमा सरसफाइ गर्ने र ‘लामखुट्टे खोजर नष्ट गर’ अभियानसञ्चालन गर्ने निर्णय गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस