Techie IT
२०८२ वैशाख ६, शनिबार

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको MBBS छात्रवृत्तिको फर्म भर्ने आज अन्तिम दिन


सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि एमबिबिएस (MBBS) अध्ययनका लागि छात्रवृत्ति खुलाएको छ। 

छात्रवृत्तिका लागि फर्म भर्ने अन्तिम दिन आज कार्तिक १३ गते कार्यालय समय भित्र फर्म भरिसक्नुपर्ने भनिएको छ । 

केन्द्रीय चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार, यस वर्ष पाँच छात्रवृत्तिका लागि सिट छुट्याइएको छ जसमा महिलाहरू, आदिवासी जनजाति, तथा विपन्न समुदायका लागि विशेष प्राथमिकता दिइएको छ।

छात्रवृत्तिका लागि छुट्याइएका सिट:

कुल सिट: ५
महिलाको लागि: २ सिट
आदिवासी जनजातिको लागि: १ सिट
पिछडिएको क्षेत्रका लागि: १ सिट
छात्रवृत्तिका लागि आवेदन दिने इच्छुक नेपाली नागरिकहरूले न्यूनतम शैक्षिक योग्यताका साथै अन्य मापदण्ड पूरा गर्नु पर्नेछ।

आवेदन दिनका लागि सामाजिक विकास मन्त्रालयको वेबसाइटमा उपलब्ध आवेदन फारम भरेर तोकिएको मिति भित्र आवश्यक प्रमाणपत्रहरू सहित पेश गर्नुपर्ने भनिएको छ तर सामाजिक विकास मन्त्रालयको वेबसाइट नचलेको करिब एक महिना भन्दा बढी भैसकेको छ । वेबसाइट नचल्दा फर्मभर्ने विद्यार्थीहरु लाई समस्या परिरहेको छ ।

आवेदनहरू छानबिन गरी उच्चतम अंक प्राप्त गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।  सामाजिक विकास मन्त्रालयले इच्छुक उम्मेदवारहरूलाई मिति नाघिसकेपछि आएको आवेदन स्वीकार नगरिने स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट