Techie IT

कृषि विकास बैंक द्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८ लाख सहयोग


कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आठ लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका कर्णाली प्रदेश निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डा. डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउने उद्देश्यले कर्णाली प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा निरन्तर सहयोग गरिरहेको जानकारी गराए। टन्डनले भने, "स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पुर्‍याउनु हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो।" 

उनले थपे, "बैंकले आफ्नो नाफा बाहेक समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले यो सहयोग गरेको हो।"

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. डबलबहादुर धामीले बैंकले प्रदान गरेको सहयोग संस्थानका लागि ठूलो राहत भएको बताए। 

उनले भने, “संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्राप्त सहयोगले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। बैंकले शिक्षामा पनि यस प्रकारको सहयोग गर्दै आएकोमा हामी आभारी छौं।”

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भने, "बैंकले शिक्षा, स्वास्थ्य, र वातावरणीय संरक्षणमा योगदान गर्दै आएको छ। यस प्रकारको सकारात्मक कदमलाई हामी सधैं स्वागत गर्दछौं र यसले हामीलाई थप प्रेरित गरेको छ।"

बैंकका निर्देशक टन्डनले बताए अनुसार, कृषि विकास बैंकले आफ्नो २८५ शाखा मार्फत देशभर सेवा प्रदान गरिरहेको छ र यस किसिमका सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट