आजको मौसम अपडेट
देशभर स्थानीय र पश्चिमी वायुको प्रभावसँगै भारतको ओडिसा आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार, हाल कोशी र मधेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ।
विशेषगरी, कोशी र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
तपाईको प्रतिक्रिया दिनुहोस