Techie IT

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनबाट प्रभावित नेपालले यसको असर कम गर्न अन्तर्राष्ट्रिय सहायताको आवश्यकता रहेको बताएका छन् । 

विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र जैविक विविधता संरक्षणमा चुनौती थपिएको उल्लेख गरेका थिए।

मन्त्री पौडेलले नेपालले वातावरणीय संकटमा नगण्य योगदान पुर्याएको भए पनि जलवायु परिवर्तनका गम्भीर प्रभाव झेलिरहेको बताए । उनले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषमा नेपालजस्ता मुलुकहरूको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायहरूलाई पहल गर्न आग्रह गरेका थिए ।

स्रोत साधनका संयन्त्रहरूलाई प्रभावकारी बनाउँदै जलवायु परिवर्तनको असर कम गर्न संयुक्त प्रयासको आवश्यकता रहेको मन्त्री पौडेलको धारणा थियो। यस बैठकमा वातावरणीय मुद्दाहरूमा अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण छलफल भएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट