Techie IT

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सूचना प्रविधि, भौतिक पूर्वाधार, पर्यटन, कृषि, र ऊर्जा क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेको भन्दै अन्तर्राष्ट्रिय लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । 

अमेरिकी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित छलफलमा उनले नेपालमा लगानी गर्दा आकर्षक प्रतिफल प्राप्त हुने बताउँदै लगानीकर्ताहरूलाई नेपालतर्फ ध्यान दिन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले पनि नेपालको जलविद्युत् विकास र पर्यटन पूर्वाधार निर्माणमा लगानीका ठूला सम्भावनाहरू रहेको औँल्याउँदै अमेरिकी लगानीकर्ताहरूलाई त्यसको उपयोग गर्न निम्तो दिएका थिए ।

छलफलमा गुगल, मेटा, कोकाकोला लगायतका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति थियो। नेपालको आर्थिक विकास र लगानीका सम्भावनाहरूमा ध्यानाकर्षण गर्दै, अमेरिकी लगानी कर्ताहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने प्रयास गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट