अखिल क्रान्तिकारी रामपुर क्याम्पसको "पढ्दै कमाउँदै" अभियानले विद्यार्थीमा उत्साह
अखिल (क्रान्तिकारी) को "पढ्दै कमाउदै अभियान" अन्तर्गत अखिल (क्रान्तिकारी) रामपुर कृषि क्याम्पस खैरहनी चितवनले विगत लामो समय देखि सयपत्री फूलखेती, बेमौसमी तरकारी खेती, च्याउ खेती, मकै खेती तथा उत्पादन मूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
यसै कार्यक्रम अन्तर्गत यस बर्ष पनि करिब ५ कठ्ठामा टमाटर खेती गरि रहेको छ। टमाटर खेतीबाट राम्रो आम्दानी हुने अनुमान गरिएको छ । गत वर्ष क्रान्तिकारी रामपुर क्याम्पस कमिटीले ६ कट्टा जमिन भाडामा जग्गा लिएर सयपत्री खेती गरेको थियो । गतवर्ष सयपत्री बेचेर २ लाख आम्दानी गरेको अखिल क्रान्तिकारीका नेता तथा रामपुर क्याम्पस सभापति चेतराज जोशीले बताएका छन् ।
यसपालिको तिहारको बेला बेच्ने गरि ४ कट्टामा सयपत्री खेती गरिरहेको क्रान्तिकारीले सयपत्री सोचेजस्तो नभएको जनाएको छ ।
अखिल क्रान्तिकारी रामपुर क्याम्पसले विभिन्न समयमा खेती गरेर तथा अन्य आय आर्जनका कार्यहरू गर्दै विद्यार्थी राजनीति लाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन खोजेको सभापति जोशीले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस