चलचित्र प्रीमियरमा अभिनेत्री पुजा शर्माको पोशाकले उठायो विवाद
हालै सम्पन्न चलचित्र 'सतिदेवी' को प्रीमियर समारोहमा अभिनेत्री पुजा शर्माको पहिरनले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। शर्माले लगाएको पोशाक भान्सामा प्रयोग गरिने एप्रोनसँग तुलना गरिएको छ, जसले गर्दा उनी व्यापक आलोचना र ट्रोलिङको शिकार बनेकी छिन्।
समारोहमा शर्माको पहिरनले उपस्थित दर्शकहरूलाई समेत असहज बनाएको बताइएको छ। विशेषगरी, पोशाकको डिजाइनले उनको वक्षस्थलको केही भाग देखिने गरी बनाइएको थियो, जसले गर्दा यसलाई अनुपयुक्त मानिएको छ।
यो घटना नेपाल सरकारले टिकटक प्लेटफर्म पुनः सञ्चालनमा ल्याएको लगत्तै भएको हो, जसले सामाजिक सञ्जालमा चर्चा र आलोचनालाई अझ बढावा दिएको छ। एक टिकटक प्रयोगकर्ताले व्यंग्यात्मक टिप्पणी गर्दै भनेका छन्, "मेरो मासु काट्ने एप्रोन कता हरायो भनेको पुजाले लगाएर हिडेकी रैछन्।"
यस घटनाले फेशन र सार्वजनिक प्रस्तुतिको विषयमा समाजमा रहेको संवेदनशीलता र मूल्यमान्यताहरूको बहस पुनः सतहमा ल्याएको छ। अभिनेत्री शर्माले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएकी छैनन्।
तपाईको प्रतिक्रिया दिनुहोस