करेन्ट लागेर २ जनाको मृत्यु
रूपन्देही, मायादेवी गाउँपालिका-७ सोह्रबिघा बस्ने २२ वर्षीय प्रदिप कुर्मीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै घरको विद्युत जडित पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, कलैया उपमहानगरपालिका-२३ भतौडा बस्ने ५५ वर्षीय रघुनाथ साह कानुको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरी नजिक रहेको विद्युतीय तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस