Techie IT

नेपाली कांग्रेस द्बारा बालबालिका लाई ह्वीलचियर वितरण


कञ्चनपुर।  शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सय दिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वील चियर वितरण गरिएको छ ।     
    
शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले मङ्गलबार ह्वीलचियर वितरण गरेका हुन् ।     
    
शारीरिक अपाङ्गता भएका हिँडडुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई मन्त्री थापाले ह्वीलचियर वितरण गरेको पार्टीका प्रदेशसभा (२) कार्यसमितिका सभापति करनसिंह ऐरले बताएका छन् । ह्वीलचियर रुडुक नेपालका केन्द्रीय उपाध्यक्ष जोत्सना साउदको पहलमा उपलब्ध गराइएको हो ।     
    
प्रदेशका तर्फबाट पनि अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध गराउने कार्यसँगै स्वरोजगार सँग जोड्न विशेष कार्यक्रम सञ्चलन गर्ने प्रतिबद्धता मन्त्री थापाले व्यक्त गरेेका थिए ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट