सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, ५ कात्तिक— बर्दिया जिल्लाको मधुवन नगरपालिका-४ बेलुवास्थित सडकमा लु.१ क ८६२ नम्बरको ट्रक र भे.९ प २०४३ नम्बरको मोटरसाइकलको ठक्कर हुँदा ५० वर्षीय तुल बहादुर गुरूङको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनी बिएण्डबी अस्पताल सानोश्री बर्दिया हुँदै बर्दिया अस्पताल गुलरियामा उपचारका क्रममा निधन भएका थिए।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा आइतबार दिउँसो बा.प्र.०१-००६ ख ५८६८ नम्बरको इभी गाडीले साइकलयात्री ४९ वर्षीय डम्बर बहादुर लामिछानेलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको छ। गम्भीर घाइते लामिछानेलाई नारायणी अस्पताल पर्सामा उपचारका लागि लगिएको थियो, उपचारका क्रममा उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको घोराही उपमहानगरपालिका-१२ हापुर औलडाँडास्थित सडकमा भएको अर्को दुर्घटनामा ३८ वर्षीय सुदिप लम्सालको मृत्यु भएको छ। उनले सवारी चालकका रूपमा कार्यरत रहेर मोटरसाइकलमा सवार थिए। बा.प्र.-०३-००१ च २९०९ नम्बरको पिकअप सँग ठोक्किँदा गम्भीर घाइते भएका लम्साललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो, उपचारका क्रममा उनको मृत्यु भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस