Techie IT

महानिरीक्षक कुँवर द्वारा प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन


काठमाडौं, ५ कात्तिक— प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्व विद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूह (PGDPS १४औं ब्याच) को उद्‍घाटन गरेका छन्।

उद्‍घाटन समारोहमा बोल्दै महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको आधुनिकीकरण र सुदृढिकरणका लागि सक्षम नेतृत्व तयार गर्न यो तालिम महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनले नेपाल प्रहरीले आम नागरिकको सेवामा चौबिसै घण्टा सक्रिय रहनुका साथै पीडित र असाह्य नागरिकको आड र भरोसाको केन्द्र भएको बताएका छन्।

महानिरीक्षक कुँवरले प्रशिक्षणका दौरान प्रशिक्षार्थीहरूले सैदान्तिक र व्यवहारिक ज्ञान आर्जन गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “प्रहरी सेवा केवल जागिर मात्र नभई एक जीवनशैली हो, र यसमा उच्च व्यावसायिकता, पवित्र निष्ठा, साहस र समर्पणको आवश्यकता रहन्छ।”

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले नेपाल प्रहरीको निस्वार्थ सेवाप्रति प्रशंसा व्यक्त गर्दै व्यक्तिगत विकास र सुधारमा ध्यान दिन सुझाव दिएका छन्।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले तालिमको जानकारी दिएका थिए। कार्यक्रममा कूल ९५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ, जसमा ६५ जना विभागीयतर्फका प्रहरी निरीक्षक र ३० जना खुल्ला तर्फका नवनियुक्त प्रहरी निरीक्षक रहेका छन्।

PGDPS सम्बन्धि वृत्तचित्रको प्रदर्शन समेत गरिएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका सहायक डीन, PGDPS कार्यक्रमका सल्लाहकार र वरिष्ठ प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट