धनगढीमा लागु औषध खैरो हेरोइन सहित ६ जना पक्राउ
धनगढी, कैलाली— धनगढीमा खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगर पालिकाका विभिन्न ठाउँबाट लागुऔषध खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–७, १०, र १२ मा गरिएको विशेष छापा पछि लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दिएको छ।
पक्राउ परेका व्यक्तिहरू धनगढी उपमहानगरपालिका–१२ मनेहरा शिविरमा बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी, र २२ वर्षीय लोकेन्द्र गिरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट प्रहरीले २ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। यस्तै, धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको छ। ताम्राकारको साथबाट ३ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–७ सद्भावना टोलबाट २७ वर्षीय बसन्त चौधरीलाई पनि पक्राउ गरिएको छ। उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। प्रहरीले पक्राउ परेकाहरू लाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
धनगढीमा लागुऔषध प्रयोग र कारोबारलाई रोक्न प्रहरीले विशेष निगरानी गरिरहेको छ। पछिल्लो समय खैरो हेरोइन जस्ता लागु औषधहरूको प्रयोग बढ्दो क्रममा रहेको देखिन्छ, जसले समाजमा गम्भीर स्वास्थ्य र सुरक्षा समस्या निम्त्याएको छ। यसरी पक्राउ गरिएका व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ र उनीहरूलाई कानूनी प्रक्रियामा अघि बढाइने जानकारी दिएको छ।
लागुऔषध नियन्त्रणमा स्थानीय प्रशासन र प्रहरीबीचको सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको देखिन्छ। विशेषगरी सीमावर्ती क्षेत्र भएकाले धनगढीमा लागुऔषधको अवैध कारोबारलाई रोक्न अझ कडा कदम चालिनुपर्ने स्थानीयहरूको भनाइ छ।
स्थानीय बासिन्दाहरूले लागुऔषध समस्याले युवाहरूमा गहिरो असर पारेको र यसलाई नियन्त्रण गर्न थप प्रयासहरू आवश्यक रहेको बताएका छन्। लागुऔषधको दुव्र्यसनले शिक्षा, रोजगार, र समाजिक संरचनामा नकारात्मक प्रभाव पारिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस