Techie IT
२०८२ वैशाख ९, मंगलबार

३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश, करिब एक सय प्रहरी अधिकृतको जागिर लम्बिने


३० वर्षे सेवा अवधिका आधारमा प्रहरी अधिकारीलाई अवकाश नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। आफूहरूलाई अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै  सरकारलाई विपक्षी बनाई पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्स्पेक्टरले बुधबार रिट दायर गरेका हुन् ।२१ जना प्रहरी अधिकृतले बुधबार दायर गरेको रिटमा न्यायाधीश हरि फुँयालको इजलासबाट अन्तरिम आदेश जारी भएको हो । सर्वोच्च अदालतले ५० वर्षकै उमेरमा दक्षता हासिल गरेका अधिकृतलाई अवकाश दिँदा राज्यलाई आर्थिक भार पर्ने भन्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

यस आदेशले १५ भदौदेखि सेवा हदका कारण अवकाश पाउन लागेका करिब एक सय प्रहरी अधिकृतको जागिर लम्बिने भएको छ । अन्तिम निर्णय नहुँदासम्म उनीहरूलाई सेवाबाट अनिवार्य अवकाश दिने पत्रहरू कार्यान्वयन नगर्नू/नगराउनू र पूर्ववत् रूपमा आफ्नो पदीय कामकाज गर्न दिन नरोक्नू भन्ने आदेश भएको छ । यस रिटमा १० असोजमा पूर्ण सुनुवाइ हुनेछ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट