अबको २० बर्षमा संसार कस्तो हुनेछ अनुमान गर्न सकिन्न - विजयकुमार
वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले युनिग्लोव कलेजको एक कार्यक्रममा मन्तव्य दिदैं वर्तमान समयको विकास अनुमान गर्न नसकिने रफ्तारमा रहेको वताएका छन् । आज सामाजिक संजाल एक्समा एक पोष्ट गर्दै केहि भावुक र केहि भविस्यमा आइपर्न गम्भिर समस्याका वारेमा प्रश्न गरेका छन् । उनि लेख्छन् -
"यहा बोल्न मलाई अलिकति असजिलो महसुस हुदैछ । तपाईहरु भरखर १६ – १८ बर्षका हुनु होला । अबको २० बर्षमा संसार कस्तो हुनेछ ? हावापानी कस्तो हुनेछ ? मान्छेको जीवन शैली कस्तो हुनेछ ? मान्छेको मनोदशा कस्तो हुनेछ ? यसको कुनै पनि अनुमान गर्न सकिन्न ।
किनभने विकास र बिनाश दुबैको चक्र यति बेगले मानव इतिहासमा कहिल्यै घुमेको थिएन , जति बेगले हिजोआज घुम्दैछ र भविष्य झन घुम्ने वाला छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायतका प्राविधिक विकासले मान्छेलाई कहा सम्म पुर्याउछन वा कहा लगेर बजार्छन , आज कसैले ठोकुवा भन्न सक्दैन । कसैले पनि सक्दैन ।
त्यस्तो विश्वमा बाच्नु पर्ने तपाईहरुलाई , म आजै के भनु ? के नभनु ? भन्ने सोचले मलाई असजिलो भएको हो । केही समय अघि AI मा काम गर्ने एक विश्व स्तरिय बैज्ञानिक चोकिनिमा रिम्पोचेको दर्शन गर्न आएका थिए ।
उनलाई चोकिनिमा रिम्पोचेले भन्नु भयो – " बिज्ञान भविष्यमा जहासम्म पुगे पनि बुद्ध वचनहरुको सार्थकता र गुरुवाणीहरुको महत्व घटने छैन । जब सम्म पृथ्वीमा जीवन रहने छ, तबसम्म - प्रेम , करूणा , समानुभाव , सहानुभुतिभाव , सहयोगी भावनाहरु पनि कायमै रहने छन । किनभने यी गुण नरहेको अवस्थामा , मानव जीवन पनि रहने छैन ।"
यो सुने पछी ती बैज्ञानिकले श्रद्धाले गुरु चरण स्पर्श गरे ।
तपाईहरु , आज यहा उपस्थित बिधार्थीहरुले के कस्तो दुनियाको सामना गर्नु पर्नेछ ? म अनुमान गर्न सक्दिन । तर म यति कुरा दोहराउन जरुर चाहन्छु – भोली दुनिया जस्तोसुकै आए पनि - तपाईहरु प्रेम , करुणा , समानुभाव र सहयोगका केही अंश लिएर बाच्नु भयो भने जीवन सरल र सुखी हुने चान्स छ ।
मलाई नयाँ भन्नु केही छैन । संसार जतिसुकै नयाँ भए पनि , जतिवटा नयाँ नयाँ पुस्ता संसारमा आए पनि , एउटा कुरा सर्वकालिक रहने छ – Be good! That is the essence! Be Good – That is the path and that itself is the goal!
तपाईको प्रतिक्रिया दिनुहोस