गौशाला धर्मशालामा विवाद भएपछि पर्यटनमन्त्रीले बैठक बोलाए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद समाधान गर्न पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद समाधान गर्न पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्। उनले कोषलाई धर्मशालासम्बन्धमा कुनै गतिविधि नगर्न निर्देशन दिएका छन्।
मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै धर्मशाला खाली गराउने कार्य रोक्न पत्राचार गरेका छन्। कात्तिक ४ गते मन्त्रालयमा परिषद् बैठक पनि आह्वान गरिएको छ।
कोषले राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्तिका लागि सञ्चालन गर्न नदिने र काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गैरनाफामूलक तरिकाले सञ्चालन गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो। यसअघि, धर्मशाला सञ्चालनको लागि आएको मारवाडी सेवा समितिले कोषको निर्णयको विरोध गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस