समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार महत्त्व : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाइराख्न भाषाभाषी समाचारको आवश्यकता भएको बताएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाइराख्न भाषाभाषी समाचारको आवश्यकता भएको बताएका छन्। नेपाल टेलिभिजनको 'नेपालभाषा समाचार' आज शुभारम्भ गर्दै उनले मुलुकको विविधतालाई संरक्षण गर्न विभिन्न भाषामा समाचार प्रसारण गर्नुपर्ने आवश्यकता औंल्याए।
"नेपाल विविधतायुक्त समाज हो, यसलाई संरक्षण गर्नुपर्छ," उनले भने। मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्कृत समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
राससका अनुसार, नेपाल टेलिभिजन र रेडियो नेपालले नेपाल भाषामा समाचार सेवा सुरु गर्नु महत्त्वपूर्ण भएकोमा मन्त्री गुरुङले जनतामा आशा जगाउने सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिए।
मन्त्रालयका सचिव राधिका अर्यालले यो सेवा नेपाल भाषी समुदायको भाषा र लिपिको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले स्रोतसाधनको कमीको बाबजुत पनि आफ्नो दायित्व पूरा गर्न सधैँ तयार रहेको बताए।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले गत वर्षदेखि भाषाभाषी समाचार प्रसारण सुरु गरेको र आजदेखि नेपाल भाषामा समाचार प्रसारण हुने जानकारी दिए। नेपालका अनुसार, २०७८ को जनगणना अनुसार नेपाल भाषा बोल्ने जनसंख्याले आठ लाख ८३ हजार छ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, र गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत उपस्थित थिए।
तपाईको प्रतिक्रिया दिनुहोस