Techie IT

नेपालभर डेङ्गु संक्रमणको महामारी: ७६ जिल्ला प्रभावित, मृतक संख्या ९ पुग्यो


देशभर  डेङ्गु संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।  हालसम्म १९ हजार ५९९ जना संक्रमित भएका छन् र ९ जनाको मृत्यु भइसकेको छ।

ईपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकभर ७६ जिल्लामा संक्रमण फैलिएको छ। सबैभन्दा प्रभावित जिल्ला काठमाडौं हो, जहाँ ३ हजार १०३ संक्रमित छन्।

अन्य प्रभावित जिल्लाहरूमा कास्कीमा २ हजार ८४७, तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५६२, चितवनमा ९७१, र ललितपुरमा ८२७ संक्रमित रहेका छन्। डेङ्गु एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले, विशेषज्ञहरूले लामखुट्टेको टोकाइबाट जोगिन र सुरक्षात्मक उपायहरू अपनाउन सुझाव दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट