Techie IT
२०८१ चैत्र ३०, शनिबार

महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण अब निश्चित भएको छ

मंगलबारको खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले पराजित गर्दै समूहको पहिलो स्थान सुरक्षित गर्यो।


मंगलबारको खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले पराजित गर्दै समूहको पहिलो स्थान सुरक्षित गर्यो।

दक्षिण अफ्रिका, इङ्गल्यान्ड, र वेस्ट इन्डिजले समान ६ अंक हासिल गरे पनि रन रेटका आधारमा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ। सेमिफाइनलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्नेछन्।

इङ्गल्यान्डले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले २ ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा १४४ रन बनाएको हो। विजयी टोलीका कप्तान हेली म्याथ्युजले ३८ बलमा ५० रन र क्विना जोसेफले ३८ बलमा ५२ रनको योगदान गरे, जसले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। क्विना खेलकी उम्न अफ द म्याच घोषित भइन्।

इङ्गल्यान्डले टस हारेर पहिलो ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। इङ्गल्यान्डका लागि नाट स्कारभर ब्रटले अविजित ५७ रनको योगदान गरिन्, जबकि कप्तान हेथर नाइटले रिटायर्ड भएर खेलमा निराशा ल्याइन्।

वेस्ट इन्डिजकी एफी फ्लेटचरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन्।

सन् २०१० पछि पहिलो पटक इङ्गल्यान्ड समूह चरणबाट बाहिरिएको छ, जबकि वेस्ट इन्डिजले सन् २०१८ मा इङ्गल्यान्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। मङ्गलबारको जित वेस्ट इन्डिजले नियमित कप्तान स्टफाइन जोसेफको अनुपस्थितिमा हासिल गरेको हो। जोसेफले घुँडाको चोटका कारण खेल गुमाएकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट