Techie IT
२०८२ वैशाख ६, शनिबार

महिला टी-२० विश्वकप: न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिर

न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।


न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले हराउँदै सन् २०१६ पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो।

न्युजिल्यान्डले दिएको १११ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान ११.४ ओभरमा ५६ रनमा रोकिएको थियो। पाकिस्तानलाई कम स्कोरमा समेट्न एमेली केरेले २.४ ओभरमा १४ रनमा ३ विकेट लिएकी थिइन्। एडन कारसनले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् र उनलाई "प्लेयर अफ द म्याच" घोषित गरिएको थियो। पाकिस्तानकी फतिमा सानाले २१ रन बनाइन्।

न्युजिल्यान्डले दुबईको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ११० रन बनाएको थियो। न्युजिल्यान्डका लागि सुजिया बेट्सले २९ र ब्रकी हेलीडले २२ रनको योगदान गरिन्।

समूह 'ए' बाट अस्ट्रेलिया पहिले नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ, जबकि न्युजिल्यान्डले दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको छ। समूहमा भारत, पाकिस्तान र श्रीलङ्का बाहिरिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट