Techie IT

अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

नेपालका अजय कुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्य समितिमा पुनः निर्वाचित भएका छन्।


नेपालका अजय कुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्य समितिमा पुनः निर्वाचित भएका छन्। अक्टोबर १३ देखि सुरु भएको बेलायतको ४६औं वर्ल्ड कांग्रेसको इलोक्टोरल बैठकले राईलाई आगामी पाँच वर्षका लागि चयन गरेको हो।

१२८ वर्ष पुरानो यो संघले नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव राईलाई पुनः कार्यसमितिमा समावेश गरेको छ। राईले सन् २०१८ मा सिंगापुरमा सम्पन्न ट्रेड कांग्रेसमा पहिलो पटक नेपालबाट विश्व कार्य समितिमा स्थान पाएका थिए।

लण्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सञ्जाल छ र यसमा करिब दुई करोड सदस्य रहेका छन्। यस संघले नागरिक उड्डयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, र शहरी यातायातका श्रमिकहरूलाई समेट्छ।

विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरू यस फेडेरेशनसँग आबद्ध छन्। संघले अन्तर्राष्ट्रिय श्रमिक संगठन (ILO) र ICAO जस्ता संस्थासँग सहकार्य गर्दै श्रमिकका हक र अधिकारको संरक्षणका लागि प्रयास गर्दै आएको छ।

अजय कुमार राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा सक्रिय छन् र नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकारको रूपमा काम गर्दैछन्। उनले अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल, अर्थात् १५ वर्ष अध्यक्षका रूपमा नेतृत्व गरेका छन्। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राईको सफलता नेपाली श्रमिक आन्दोलनको उपलब्धीको रूपमा लिएका छन्।

अर्कोतर्फ, आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो पटक महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचित विश्व कार्य समिति सदस्यहरूले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन्। सम्मेलन अक्टोबर १९ मा समाप्त हुनेछ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट