गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु
इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको मृत्यु भएको छ।

इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको मृत्यु भएको छ। जाबलिया शरणार्थी शिविरको छेवैमा रहेको एक घरमा इजरायली सेनाले प्रयोग गरेको विस्फोटक पदार्थका कारण उनीहरूको ज्यान गएको हो। हाल चार लाख प्यालेस्टाइन इजरायली सेनाको ट्यापमा परेका छन्।
लेबनानमा युनिफलको प्रतिनिधित्व गर्ने राष्ट्र सङ्घीय ‘पिस किपर’ले सो क्षेत्र नछाड्ने बताएका छन्। इजरायली आक्रमणमा पिसकिपर घाइते भएपछि प्रमुख जिया पियरे ल्याक्रोक्सले यसबारे जानकारी दिएका हुन्।
युद्धले धेरैको ज्यान लिने क्रम जारी छ। उत्तरी लेबनानमा सोमबारको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको छ। यो आक्रमणमा अटेउमा रहेको घरमा विस्फोट नभएको थियो, जहाँ युद्धका कारण विस्थापितहरू बसोबास गरिरहेका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह नाश नभएसम्म आक्रमण जारी राख्ने बताएका छन्।
पछिल्लो साता इजरायली आक्रमण पूर्वको बेक्का उपत्यका र दक्षिणको सीमामा केन्द्रित भएको छ, जहाँ हिजबुल्लाहको प्रभाव रहेको मानिन्छ। सोमबारको आक्रमण अघि कुनै चेतावनीका लागि साइरन बजेको थिएन।
गाजा र लेबनानमा भइरहेको यो आक्रमणको विरुद्धमा प्यालेस्टाइनी पक्षमा क्युबाका राष्ट्रपति माइगल डियुज क्यानलको नेतृत्वमा एकबद्धता जनाइएको छ। हवानामा एक हजार भन्दा बढी व्यक्तिहरू प्यालेस्टाइनको पक्षमा एकजुट भएका छन्।
अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जको अगाडि पनि धेरै जनालाई गिरफ्तार गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस