गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा घोषणा
गण्डकी प्रदेश सरकारले बडादसैँको अन्तिम दिन, अर्थात् कात्तिक १ गते बिहीबार, कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यस बिदाले प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था, र सार्वजनिक संस्थानहरू बन्द रहनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयपछि यो सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो।
यस वर्ष गण्डकी प्रदेश सरकारले चैते दसैँ, भानुजयन्ती, र कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस