Techie IT

घरजग्गा कारोबारबाट राजस्व ३२ प्रतिशतले बढ्यो


चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा घरजग्गाको कारोबार १२ प्रतिशतले बढेको छ। यस महिनामा ४३,८३५ वटा घरजग्गा कारोबार भएका छन्, जबकी गत वर्षको साउनमा ३९,२६३ वटा कारोबार भएका थिए। गत आर्थिक वर्ष भरिमा ५,३७,२९५ वटा घरजग्गा कारोबार भएका थिए ।

साउन महिनामा सामान्यतया घरजग्गा कारोबार कम हुने भए पनि, यस वर्ष कारोबार बढेको देखिएको छ । पछिल्ला दुई वर्षमा सरकारको कडाइ, बैंकिङ क्षेत्रमा तरलता अभाव, उच्च ब्याजदर, र आर्थिक शिथिलताका कारण घरजग्गा कारोबार सुस्त थियो । तर, चालू आवमा कारोबार बढ्ने संकेत देखिएको छ, यद्यपि पहिलाको स्तरमा अझै पुगेको छैन ।

यस साउनमा काठमाडौं उपत्यकामा मात्रै झन्डै चार हजारवटा घरजग्गा कारोबार भएका छन् । घरजग्गा कारोबारबाट सरकारलाई चालू आवको साउन महिनामा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा ३२ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा दुई अर्ब ९१ करोड चार लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

 गत आवभरिमा घरजग्गा कारोबारबाट ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो। घरजग्गा खरिद–बिक्री गर्दा विभिन्न शीर्षकमा कर तिर्नुपर्छ, जसबाट सरकारको आम्दानीमा उच्च योगदान हुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट