Techie IT
२०८२ वैशाख ६, शनिबार

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशिया उडान गर्दै

रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्न लागेका छन्।


रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्न लागेका छन्। निर्माण सम्पन्न भएको लामो समयपछि यहाँ व्यावसायिक अन्तर्राष्ट्रिय उडानहरू सुरु हुनेछन्।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको फ्लाई दुबई र थाइल्याण्डको थाइ एयर एशियाले उडान गर्न अनुमति पाएका छन्। फ्लाई दुबईले कात्तिक २४ गतेदेखि नियमित उडान सुरु गर्नेछ। हप्तामा सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान हुने बताइएको छ।

जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्ने योजना बनाएको छ, र यसले मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ। थाई एयर एशियाले पनि छिट्टै उडान गर्ने तयारी गरिरहेको छ, तर यसको सुरु हुने मिति निर्धारण भएको छैन।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक व्यवस्थापन कार्यहरू दुरुस्त रहेको विमानस्थलले जनाएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट