Techie IT

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा खेल प्रशिक्षणको सुरू गर्दै


काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि ‘रचनात्मक विद्यालय’ नामक योजना अन्तर्गत खेल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ। आगामी मंसिर १ गतेदेखि कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी १७ खेल विधामा प्रशिक्षण सुरु हुने भएको छ। यस कार्यक्रम अन्तर्गत क्रिकेट, फुटबल, भलिबल, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, खो-खो, बास्केटबल, टेबल टेनिस, कराँते, पौडी, कवर्दी, इ-स्पोर्ट्स, जुडो, ब्याडमिन्टन, चेस र उसुजस्ता खेलहरूमा विद्यार्थीहरूलाई प्रशिक्षित गराइने छ।

सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १२ हजार १२१ जना विद्यार्थीहरूले यसमा आवेदन दिन सक्नेछन्। कार्तिक मसान्तसम्म आवेदन दिने म्याद रहेको र त्यसपछि छनोट भएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम सुरू गरिने पोखरेलले जानकारी दिए।

तालिम तालिका र प्रतियोगिताको तयारी
मंसिर, पुस, र माघ गरी तीन महिनासम्म सञ्चालन हुने तालिमपछि माघको अन्तिममा प्रतिस्पर्धा आयोजना गरिने महानगरपालिकाको योजना छ। यस क्रममा प्रशिक्षण सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि मात्र सीमित हुनेछ, तर प्रतियोगितामा भने निजी विद्यालयका विद्यार्थीहरूलाई समेत अवसर दिइने पोखरेलले बताए।

चार समूहमा प्रशिक्षण कार्यक्रम
तालिम कार्यक्रम कक्षा र उमेर अनुसार चार समूहमा विभाजन गरिएको छ।

जुनियर छात्र र जुनियर छात्रा समूहमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू समावेश हुनेछन्।
सिनियर छात्रा र सिनियर छात्र समूहमा भने कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुनेछन्।
कक्षा १० का विद्यार्थीहरूलाई खेल भन्दा एसईईको तयारीमा ध्यान केन्द्रित गर्न प्रोत्साहन गरिनेछ।
यस कार्यक्रमबाट सामुदायिक विद्यालयका विद्यार्थीहरूको शारीरिक विकास र खेलकुदमा सहभागीता बढाउन तथा विभिन्न खेल विधामा दक्षता बढाउन सहयोग पुग्ने महानगरपालिकाको विश्वास रहेको छ।

 

#KathmanduMetro   #BalenMayor



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट