Techie IT

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’


काठमाडौं, असोज २७,

नेपाली युवाहरूले एसियामै पहिलो पटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड सफलतापूर्वक सम्पन्न गरेका छन्। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय खगोल र खगोल भौतिक विज्ञान ओलम्पियाड आयोजना भएको हो, जहाँ १९ देशका २१ टोलीले भाग लिएका थिए। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यसमा सहयोग गरेको भए पनि संघीय सरकारका निकायहरूको उपस्थिति वा सहयोग नभएको आयोजकको गुनासो छ।


असोज १७ देखि २४ सम्म चलेको यो ओलम्पियाडमा नेपालसहित भारत, बंगलादेश, बुल्गेरिया, क्यानडा, चीन, कोलम्बिया, थाइल्याण्डलगायतका देशका विद्यालय तहका विद्यार्थीले भाग लिएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत, कास्य तथा मानार्थ पदक दिइएको थियो। परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयवले सैद्धान्तिकतर्फ ‘बेस्ट इन थेओरी’ तथा चीनका च्याहु जङले ‘बेस्ट इन अब्जरभेसन’ पदक जितेका थिए।

यस कार्यक्रमको माध्यमबाट नेपालमा अन्तर्राष्ट्रिय स्तरको खगोल विज्ञान ओलम्पियाड गर्ने दशकौं पुरानो सपना साकार भएको आयोजकले बताए। ओलम्पियाडमा सहभागीहरूले नेपालका सांस्कृतिक र प्राकृतिक स्थलहरूको भ्रमण गरेका थिए, जसले नेपाल पर्यटनमा पनि योगदान पुर्याएको छ। आयोजक समितिले विदेशी आगन्तुकको अनुभवले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास राखेको छ।

यो ओलम्पियाडले नेपालमा विज्ञान र प्रविधिप्रति युवा पुस्ताको चासो बढाउने काम गरेको छ। विज्ञान पत्रकार लक्ष्मण डङ्गोलका अनुसार राज्यले विज्ञानमा लगानी कम गरे पनि यस्ता प्रतियोगिताले विद्यार्थीमा चासो बढाउन मद्दत पुर्याएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन् २०१४ देखि राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आएको छ र ‘जुनियर विधा’ मा कक्षा ८ देखि १० का विद्यार्थी सहभागी हुन पाउँछन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट