Techie IT

कङ्कालिनी भगवती मन्दिरमा ६२१ वटा राँगाको बलि चढाइयो


राजविराज (सप्तरी), २५ असोज,

सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडा दसैँको महानवमीका दिन छ सय २१ वटा राँगाको बलि चढाइएको छ। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहमा अवस्थित मन्दिरमा मन्दिर विकास समितिका सचिव प्रमु मण्डलले यस विषयमा जानकारी गराउनुभयो।

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा कङ्कालिनी नगरपालिका–१ भलुवा निवासी प्रमोद यादवको राँगाको बलि सुरुमा चढाइएको थियो। त्यसपछि आज दिउँसो १२ बजेदेखि सुरु भएको राँगाको बलि दिने कार्यक्रम साँझ ८ बजेसम्म चलेको छ। गत वर्ष छ सय तीन वटा राँगाको बलि चढाइएको थियो।

घटस्थापनादेखि महानवमीसम्मको अवधिमा मन्दिरमा करिब ३५ हजारको हाराहारीमा खसी र बोकाको बलि चढाइएको मन्दिर विकास समितिले जनाएको छ। मनकामना एवं भाकल पूरा गर्न भक्तजनहरू नेपालका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यबाट राँगाको बलि दिन मन्दिरमा आउने गरेका छन्।

सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी, मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी, अररिया जस्ता विभिन्न स्थानहरूबाट लाखौँ भक्तजन यहाँ दर्शन गर्न आएका छन्। यस वर्ष पनि विगतकै जस्तो भीड लागेको छ, जसले कङ्कालिनी भगवती मन्दिरको धार्मिक महत्त्वलाई प्रकट गर्दछ।

यस्तै, सप्तरीकै प्रसिद्ध छिन्नमस्ता गाउँपालिका वडा नं. ३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करिब ३५ हजारको हाराहारीमा पशुबलि चढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट