मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान एक मोटरसाइकल दुर्घटनामा २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको छ।

पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान एक मोटरसाइकल दुर्घटनामा २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिएअनुसार, नारायण ठकुरी रामपुर नगरपालिका–१ हाँगेपिपलका निवासी थिए।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने प्रयास गर्दा दुर्घटना भएको हो।
मोटरसाइकल चालक ठकुरीलाई भैरहवा मेडिकल कलेजमा उपचार गरिरहेका बेला मृत्यु भएको बताइएको छ।
दुर्घटनामा अन्य मोटरसाइकल चालक १८ वर्षीय प्रवीण ठकुरी पनि घाइते भएका छन् र उनकाे उपचार सोही अस्पतालमा भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस