Techie IT
२०८२ वैशाख ६, शनिबार

पाँच सडकखण्ड अवरुद्ध, आठ खण्डमा एकतर्फी यातायात जारी

यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिरोले विभिन्न राजमार्गका पाँच सडकखण्ड अझै खुल्न सकेका छैनन्।


यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिरोले विभिन्न राजमार्गका पाँच सडकखण्ड अझै खुल्न सकेका छैनन्।

बाढीपहिरोले ४० भन्दा बढी सडकखण्ड अवरुद्ध पारेका थिए, तर तीमध्ये अधिकांश खुलेको छ, जबकि पाँच वटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार आठ वटा सडकखण्ड एकतर्फी रुपमा खुलाइएको छ र यातायात सञ्चालन भइरहेको छ। प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा काभ्रेपलाञ्चोकको रोशीस्थित बीपी राजमार्गको चारसयबेँसी खण्ड ११ गतेदेखि पूर्णरूपमा अवरुद्ध रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, भ्याकुरे, मन्थलीको सेलेघाट, भोटेकोशीका विभिन्न खण्डहरू र बझाङको जयपृथ्वी राजमार्गका केही खण्डहरू पनि अवरुद्ध रहेका छन्।

यद्यपि, गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, र पाँथर फिदिमस्थित मेची राजमार्गका केही खण्डहरू एकतर्फी रुपमा खुलाएका छन्।

रोशीको बीपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी रूपमा खोलिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट