Techie IT
२०८२ वैशाख ६, शनिबार

विकास निर्माणका काम आमूल परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधारभन्दा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधारभन्दा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन्। उनले लगानी बोर्डको ५९औं बैठकमा काममा ढिलाइ, कानुनी र व्यवहारिक जटिलताको अन्त्य गर्न आग्रह गरे।

“हामीले सामान्य सुधार होइन, रूपान्तरण गर्नुपर्छ। पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन,” प्रधानमन्त्री ओलीले भने। उनले बोर्डलाई विज्ञ, युवा, र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्ने पनि जोड दिए।

प्रधानमन्त्रीले कार्यप्रवाहमा ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्ने र फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र निर्णय हुने व्यवस्था गर्नुपर्ने बताए। बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी चार वर्षका लागि रणनीतिक र व्यावसायिक कार्ययोजनाको सैद्धान्तिक स्वीकृति पाएका थिए।

बोर्डले निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्रलाई कार्यान्वयनमा ल्याउनुपर्ने, र विद्यमान कानुनमा संशोधन गरी स्वायत्तता दिनुपर्नेमा जोड दिएको छ।

बैठकले चालु आर्थिक वर्षका लागि १८ करोड ८३ लाख बजेट र प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादन सम्झौतासमेत स्वीकृत गर्यो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट