दसैँमा पनि मानव अधिकार आयोग खुला रहनेछ
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश, र शाखा कार्यालयहरू दसैँ अवधिमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश, र शाखा कार्यालयहरू दसैँ अवधिमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आम नागरिकका मानव अधिकारको संरक्षणलाई ध्यानमा राख्दै बिदाका दिनमा कार्यालय खुला राख्ने जानकारी दिएका छन्।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने र आवश्यकतानुसार गम्भीर घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस