Techie IT
२०८२ वैशाख ६, शनिबार

साफ महिला च्याम्पियनसिपको तयारी सम्पूर्णतामा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ।


अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा एन्फाले कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपको तयारी पुरा भएको जानकारी दिएको हो। यस प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान, र बङ्गलादेशले सहभागिता जनाउँदैछन्।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्स, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान, र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ। प्रतियोगिताको अनुमानित बजेट ३ लाख ८ हजार १ सय ६० अमेरिकी डलर रहेको उनले उल्लेख गरे।

च्याम्पियनसिपमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा साविक विजेता बङ्गलादेश, भारत, र पाकिस्तान रहेका छन्, जबकि समूह 'बी' मा नेपाल, भुटान, श्रीलङ्का, र माल्दिभ्स छन्। प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन्, भने नेपालले कात्तिक २ गते भुटानसँग खेल्नेछ।

नेपालको दोस्रो खेल ६ गते माल्दिभ्स र तेस्रो खेल कात्तिक ८ गते श्रीलङ्कासँग हुनेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, र फाइनल खेल कात्तिक १४ गते हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट