Techie IT

कति छ मन्त्रीहरुको सम्पत्ती ? अझै सार्वजनिक भएन ओली क्याबिनेट मन्त्रीहरुको सम्पत्ती विवरण


केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण अझै सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री ओली असार ३१ मा विभिन्न दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए र उनका मन्त्रिमण्डलमा दुई उपप्रधानमन्त्रीसहित २० मन्त्री र तीन राज्यमन्त्री छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अन्तर्गतको दफा ३१ क (१) अनुसार, सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो वा परिवारको सम्पत्तिको विवरण पदधारण मितिले ६० दिनभित्र पेस गर्नुपर्ने प्रावधान छ। यो म्यादभित्र सम्पत्ति विवरण नपेस गर्ने व्यक्तिहरूलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने र थप तीस दिनको म्याद दिइने व्यवस्था छ। यदि यो म्यादभित्र पनि विवरण नबुझाएमा अवैध सम्पत्ति रहेको ठहर गरी छानबिन प्रक्रिया सुरु गर्न सकिने उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार सम्पत्ति विवरण पेस गरिएको भए पनि सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषय व्यक्तिगत निर्णय हो। सार्वजनिक गर्नुपर्ने बाध्यकारी कानूनी प्रावधान नभएकाले यो व्यक्तिगत स्वविवेकमा निर्भर हुन्छ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नु कानूनी बाध्यकारी नभए पनि पारदर्शिताको लागि नैतिक रूपमा महत्त्वपूर्ण रहेको बताएका छन्।

खासगरी, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पारदर्शिता र सुशासनका लागि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा जनतासँगको विश्वासलाई बलियो बनाउने मान्यता राखिएको छ। ओली नेतृत्वको सरकारमा केही मन्त्रीहरूले सम्पत्ति विवरण पेस गरिसकेको दाबी गरेता पनि यसलाई सार्वजनिक गर्ने सम्बन्धित निकायको निर्णयमा निर्भर रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट