Techie IT
२०८१ चैत्र ३०, शनिबार

छक्का पञ्जा ५, १२ गाउँ र ज्वाइँ साब का लागि अग्रिम टिकट बुकिङ खुला


फूलपातीदेखि प्रदर्शनमा आउने तीन नेपाली फिल्महरूको लागि क्युएफएक्स मल्टिप्लेक्स चेनले अग्रिम बुकिङ खुला गरेको छ। यो चाडपर्वको अवसरमा एकसाथ रिलिज हुने 'छक्का पञ्जा ५', '१२ गाउँ', र 'ज्वाइँ साब' ले नेपाली चलचित्रप्रेमीहरूलाई सिनेमाघरतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

‘छक्का पञ्जा ५’ लाई सबभन्दा धेरै शो

क्युएफएक्स मल्टिप्लेक्समा सर्वाधिक शो पाउने फिल्म 'छक्का पञ्जा ५' हो, जसलाई दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेका हुन्। पहिलो दिनमा मात्रै यो फिल्मले क्युएफएक्सका ८८ शो पाएको छ। काठमाडौंका मल्टिप्लेक्समा ३१ शो र बाहिरी सहरहरूमा ५७ शो तय गरिएको छ। 'छक्का पञ्जा' सिरिजका अघिल्ला फिल्महरूजस्तै यो सिरिजको पाँचौं भागले पनि दर्शकहरूलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

‘१२ गाउँ’ को ४४ शो

विराज भट्ट अभिनीत ‘१२ गाउँ’ लाई क्युएफएक्सले ४४ शो उपलब्ध गराएको छ। यो फिल्मलाई काठमाडौंमा १८ शो र अन्य सहरहरूमा २६ शो पाएको छ। बाबु-छोराको कथा प्रस्तुत गर्ने यो फिल्मको पनि दर्शक बीच ठूलो क्रेज रहेको छ।

‘ज्वाइँ साब’ को ३८ शो

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको 'ज्वाइँ साब' ले क्युएफएक्समा ३८ शो पाएको छ। काठमाडौंमा १८ र अन्य सहरमा २० शो पाएको यो फिल्मलाई पनि दर्शकहरूले उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन्।

क्युएफएक्सका अतिरिक्त, आइएनआई, बिग मुभिज, वान सिनेमाज लगायत अन्य मल्टिप्लेक्स चेनहरूले पनि चाँडै बुकिङ खोल्ने तयारी गरेका छन्। नेपाली चलचित्रप्रेमीहरूले अब आफ्ना रोजाइका फिल्महरूका लागि अग्रिम टिकट बुक गर्न पाउनेछन्, जसले दशैँको माहोललाई थप रमाइलो बनाउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट