Techie IT
२०८२ वैशाख ७, आइतबार

सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक वितरण


हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ देखि ८ वडाका ३३ घरधुरीलाई फाइवर सिरक सहयोग गरिएको छ । श्री सत्य साई केन्द्र हुम्लाले विपन्न परिवारलाई सिरक सहयोग गरिएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति वसन्त रोकायाले बताए ।

सर्केगाडको वडा नम्बर ८ को राहदेबमा दुई, वडा नम्बर ७ को रोडिकोडमा आगलागी पीडितलाई १९, वडा नम्बर ६ बराईमा दुई, वडा नम्बर ५ गोठीमा तीन, वडा नम्बर २ मा दुई, वडा नम्बर ३ उनापानी दुई, वडा नम्बर ४ मा तीन, वडा नम्बर ८ मा दुई वटा सिरक वतरण गरिएको हो ।     
    
अतिविपन्न, गरिब, आगलागीपीडितलाई सानो भएपनि सहयोग गरिएको उपसभापति रोकायाले बताएका छन् । यस्तै सिमकोट गाउँपालिकामा रहेका आगलागीपीडित, विपन्न, गरिबलाई पनि वितरण गरिने भएको रोकायाले बताए ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट