Techie IT

अपिहिमाल गाउँपालिकामा नानु जात्रा सुरू

दार्चुलाको अपिहिमाल गाउँपालिका र बझाङको सुर्मा गाउँपालिकामा विशेष रुपमा मनाइने याे जात्रा १ बर्स सानो जात्रा र १ वर्ष ठुलो जात्राको रुपमा मनाउने परम्परा रहेका छ ।


दार्चुलाको  अपिहिमाल गाउँपालिकामा वडा नं.३ र ४ मा  नानु जात्रा (सुर्माभवानी) काे जात्रा सुरू भएकाे छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र बझाङको सुर्मा गाउँपालिकामा विशेष रुपमा मनाइने याे जात्रा १ बर्स सानो जात्रा र १ वर्ष ठुलो जात्राको रुपमा मनाउने परम्परा रहेका छ ।

 ठुलो जात्रामा बझाङ्गको सुर्मा सराेवर सम्म गएर मनाउने चलन छ भने सानो जात्रामा क्षेत्ति र घाजिरमा विशेष रुपमा मनाईन्छ । यसपालिकाे जात्रा सानाे ( नानू जात) जात्रा हाे । स्थानीय मेला मनाउन  र व्यवस्थापन गर्न गाउँपालिकाले सहयोग गरिरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह बोहोराले बताउनु भएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट