देशभर विभिन्न स्थानहरूबाट लागूऔषधसहित २६ जना पक्राउ

देशभर विभिन्न स्थानहरूमा गरिएको प्रहरी अपरेशनमा मंगलबार २६ जना लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका अवैध तथा नियन्त्रित लागूऔषधहरू बरामद गरिएको छ ।
सुनसरी:
कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट खैरो हेरोइन जस्तो देखिने ९.६६ ग्राम पदार्थसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राजन बास्तोला (२७), अनोज कुमार उराव (२०), अनोज रूपेश कुमार यादव (२५), मो. समिर खान (२०) र राजेश पुरी (२०) रहेका छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको टोलीले नियन्त्रणमा लिएको हो ।
धनकुटा:
त्रिवेणी, धनकुटा नगरपालिका–७ मा अन्जना तामाङ (५३) र मनिस धामी (२२) लाई स्पासरेस्ट, ट्रामाडोल र स्पास्पेन गरी ३५० भन्दा बढी ट्याब्लेटसहित पक्राउ गरिएको हो । अर्का एक जना, ओम तामाङ (१९), स्पासरेस्ट २५५ ट्याब्लेट, ट्रामाडोल ९०, स्पास्पेन ३ र स्पासमिड ७ ट्याब्लेटसहित पक्राउ परेका छन् ।
त्यस्तै, साँगुरीगढी गाउँपालिका–७ को सडकबाट २० किलो गाँजासहित अबि तामाङ (२०) पक्राउ परेका छन् ।
धनुषा:
विदेह नगरपालिका–१ बाट ब्राउनसुगर जस्तो देखिने करिब १२ ग्राम पदार्थसहित ओमराज शर्मा (२४) र रूपेश कुमार ठाकुर (२३) पक्राउ परेका छन् ।
काभ्रे:
नमोबुद्ध नगरपालिका–७ बाट ट्रामाडोल, नाईट्राजेपाम, डाईजेपाम, नोर्फिन र करिब २०० ग्राम गाँजासहित प्रदिप दर्जी (२२) लगायत ३ जना पक्राउ परेका छन् ।
कैलाली:
कैलारी गाउँपालिका–१ हसुलियाबाट खैरो हेरोइन जस्तो देखिने २.६९ ग्राम पदार्थसहित आशिष कुमार चौधरी (२३) र अजय रसायली (२७) पक्राउ परेका छन् ।
दाङ:
लमही बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने करिब १.१५ ग्राम पदार्थसहित दिपेश चौधरी (२४) र राजु थापा (२३) पक्राउ परेका छन् ।
कञ्चनपुर:
भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट खैरो हेरोइन जस्तो देखिने १.९२ ग्राम पदार्थसहित अजय घिमिरे (२७) पक्राउ परेका छन् ।
रूपन्देही:
सिद्धार्थनगर नगरपालिका–९ बाट ब्राउनसुगर जस्तो देखिने २.३१ ग्राम पदार्थसहित महेश लामिछाने (३३) र अमन सुनार (२६) पक्राउ परेका छन् । उनीहरू होटल अल्ट्राको कोठा नं. ४०१ मा बसेका थिए। त्यहाँबाट थप १.५१ ग्राम पदार्थ समेत फेला परेको छ ।
त्यस्तै, ओमसतिया गाउँपालिका–१ मा डेरा गरी बस्ने रिन्कु हरिजन (२५) लाई करिब ५.३ केजी गाँजा र डिजिटल तराजु सहित पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस