Techie IT
२०८२ वैशाख ५, शुक्रबार

दुर्गा प्रसाइ पक्राउ परेका छैनन् - प्रहरी


 पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा ‘दुर्गा प्रसाई पक्राउ परेका छन्’ भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय कार्यालयले ती समाचारहरूलाई भ्रामक भएको स्पष्ट पारेको छ।

नेपाल प्रहरी मुख्यालय, प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराइन्छ। हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ।”

प्रेस विज्ञप्तिमा विभिन्न स्रोत उद्धृत गर्दै प्रसाई पक्राउ परेका छन् भन्ने खालका समाचारप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख छ।

नेपाल प्रहरीको यो औपचारिक खण्डनसँगै प्रसाईको अवस्थाबारे उठेका अन्योल अझै कायमै देखिएको छ। यद्यपि, प्रहरीको भनाइअनुसार उनी हालसम्म फरार नै छन् र खोजी कार्य जारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट