Techie IT
२०८१ चैत्र २६, मंगलबार

अवैध लागूऔषध नियन्त्रणमा विभिन्न स्थानमा १६ जनाको पक्राउ


काठमाडौं ।  आइतबार र सोमबार देशका विभिन्न स्थानहरूमा अवैध लागूऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: भारतीय नागरिक २८ वर्षीय सन्दीप कूवट्टुमुला उनी आफ्नो ब्यागेजमा ८ किलो ८ सय ५५ ग्राम गाँजा जस्तो पदार्थ लिएर आएका थिए, जुन भन्सार एरियामा एक्सरे मेसिनको स्क्रिनिङमा फेला परेको थियो । उनलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

कैलाली: २४ वर्षीय शिवम साहलाई १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।

चितवन: ३६ वर्षीय कृष्ण हरी कंडेललाई अवैध लागूऔषध डाईजेपाम, फेनारगन र ब्रुप्रेनोर्फिन सहित पक्राउ गरिएको छ ।

झापा: ३० वर्षीय संतोष भट्टराईलाई १० ग्राम ब्राउनसुगर जस्तो पदार्थ सहित पक्राउ गरिएको छ। साथै, २४ वर्षीय विवेक माझीलाई ठूलो मात्रामा ट्रामाडोल र स्पास्मो सहित पक्राउ गरिएको छ ।

रूकुम पश्‍चिम: २९ वर्षीय राजिव मल्ललाई ट्रामाडोल, नाइट्राभेट, नाइट्राफास्ट र नाइट्राजेपाम सहित पक्राउ गरिएको छ ।

सुनसरी: १९ वर्षीय ओसिन डंगोललाई ट्रामाडोल र स्पास्पेरिज सहित पक्राउ गरिएको छ ।

बर्दिया: २६ वर्षीय सद्दाम कुरेसी र ४५ वर्षीय रमेश अहिरलाई अवैध ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

कैलाली: २३ वर्षीय करन महरालाई ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

उदयपुर: ३० वर्षीय मिलन राईलाई ट्रामाडोल र स्पास्मो सहित पक्राउ गरिएको छ ।

मोरङ: ६० वर्षीय छटु यादव र १९ वर्षीय भुपेन यादवलाई गाँजा सहित पक्राउ गरिएको छ ।

रूपन्देही: २ जनालाई गाँजा सहित पक्राउ गरिएको छ ।

बारा: ३८ वर्षीय रबी थिङलाई गाँजा सहित पक्राउ गरिएको छ ।

प्रहरीले सबै पक्राउ परेकाहरूसँग सम्बन्धित अनुसन्धान जारी राखेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट