अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

मेचीनगर नगरपालिका-१० धुलाबारी सृष्टि टोल बस्ने ४५ वर्षीया नाजेरा खातुनलाई अवैध लागूऔषध गाँजा १ किलो १ सय १० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस