दोगडाकेदारमा गोली चल्दा एक घाइते

बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । आज राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका छन् ।
सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट उहाँ घाइते हुनुभएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको अन्य विषयमा अनुसन्धान जारी रहेको उनले जानकारी दिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस